गृहले सच्यायो :-मुस्लिम धर्मालम्बीहरूको पर्व इद उल फित्रको अवसरमा भोली सार्वजनिक बिदा

५ years अगाडी teraibulletin

गृहले सच्यायो :-मुस्लिम धर्मालम्बीहरूको पर्व इद उल फित्रको अवसरमा भोली सार्वजनिक बिदा

काठमाडौँ ११ जेठ –मुस्लिम धर्मालम्बीहरूको महान पर्व ईद अल–फित्रका अवसरमा दिइने सार्वजनिक बिदा सरकारले सच्याएको छ । सरकारले यसअघि जेठ ११ गते अर्थात आइतबारका लागि इदको बिदा दिने घोषणा गरेको थियो ।

तर  ईद पर्व सोमबार मनाइने भएकाले गृह मन्त्रालयले सूचना निकालेर बिदा सच्याएको हो । मन्त्रीपरिषदले आइतबारका लागि बिदा दिने गरी गरेको निर्णय सच्याउँदै सो बिदा सोमबार (जेठ १२ गते) दिइने गृह मन्त्रालयले सूचना निकालेर जानकारी दिएको हो ।

मन्त्रीपरिषदको निर्णयपछि गृह मन्त्रालयले ११ गते सार्वजनिक बिदा दिने भनी निकालेको सूचना शनिबार राति अबेर सच्याएर अर्को सूचना निकालेको हो ।

अन्तिम अपडेट २०७७/ जेठ १० गते-शनिबार

तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?