एजेन्सी । इंग्लिस प्रिमियर लिगका खेलाडी तथा कर्मचारीहरुमा पछिल्लो पटक गरिएको स्वास्थ्य परीक्षणमा २ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको छ ।
मंगलबार, बिहीबार र शुक्रबार गरी लगातार ३ दिन गरिएको परिक्षणमा २ खेलाडीमा कोरोना भाइरस पुष्टि भएको हो । यसअघि पनि पटक(पटक गर्दै सबै क्लबका खेलाडीहरुको कोरोना परिक्षण गरिदै आएको छ । सो क्रममा ६ जनामा यसअघि नै कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । हाल उनीहरु सेल्फ आइसोलेशनमा बसेको बताइएको छ ।
हालसम्म इंग्लिस प्रिमियर लिगका ७४८ जनाभन्दा बढी खेलाडी तथा पदाधिकारीको परीक्षण गरिएको बताइएको छ । संचालन भइरहेको इग्लिस प्रिमियर लिग कोरोना भाइरसका कारण स्थगित भएको छ । बाँकी खेल पूरा गर्न तयारीका लागि अहिले सबै खेलाडी तथा क्लबका पदाधिकारीहरुको स्वास्थ्य परिक्षण भाइररहेको छ ।