बारामा एकै दिन थप चार जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि

५ years अगाडी teraibulletin

बारामा एकै दिन थप चार जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि

पर्सा  ११ जेठ –बारामा एकैदिन थप चार जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेनमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत एक जना सई, एक जना प्रहरी हवल्दार र दुई जना प्रहरी जवान रहेको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित पुष्टि गरे ।

उनका अनुसार जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत सर्लाही घर भएका ४९ वर्षीय सई, कलैया–१६ घर भएका ३४ वर्षीय प्रहरी हवल्दार, पर्सा घर भएका ३२ वर्षीय प्रहरी जवान र रौतहटको युमनामाई घर भएका ३४ वर्षीय प्रहरी जवान रहेका छन् ।

यसअघि मुद्दा शाखामा कार्यरत प्रहरी जवानमा कोरोना संक्रमण पुष्टि भएको थियो । पण्डितका अनुसार पहिलो संक्रमित जवानको कन्ट्याक ट्रेसिङको आधारमा उनीहरु सबैको जेठ ७ गते स्वाब परीक्षण गरिएको थियो । बालमन्दिर आइसोलेसनमा बस्दै आएका उनीहरुलाई कलैया अस्पताल ल्याउने तयारी भइरहेको उनले बताए ।

यससँगै बारामा कोरोना संक्रमितको संख्या १६ पुगेको छ । जसमध्ये दुई जना शनिबार वीरगञ्जस्थित नारायणी उपक्षेत्री अस्पतालमा उपचारपछि निको भएर डिस्चार्ज भएका थिए ।

अन्तिम अपडेट २०७७ / जेठ ११ -आइतबार

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?