थप १७ जनाले कोरोना जितेर घर फर्किए,डिस्चार्ज हुनेको संख्या ८७

५ years अगाडी teraibulletin

थप १७ जनाले कोरोना जितेर घर फर्किए,डिस्चार्ज हुनेको संख्या ८७

 

काठमाण्डौ । प्रवक्ता डा देवकोटाले अहिलेसम्म ८७ जना ‘डिस्चार्ज’ भएको जानकारी दिनुभयो । उहाँका अनुसार नारायणी अस्पताल उपचार रहेका सात र बुटवल धागो कारखानामा रहेका १० गरी आजै मात्र १७ जना डिस्चार्ज भएका हुन् । नारायणीमा डिस्चार्ज भएका बारा, पर्सा र रौतहटका २४ देखि ५१ वर्षीय पुरुष रहेका छन् ।

प्रदेश नं १ मा २६, प्रदेश नं २ मा १३, वाग्मती प्रदेशमा नौ, गण्डकी प्रदेशमा दुई, प्रदेश नं ५ मा ३२ र सुदूरपश्चिम प्रदेशमा पाँचजना डिस्चार्ज भएका छन् । शुक्रबार एकै दिन नेपालगञ्जमा २१ जना डिस्चार्च भएका थिए । अहिलेसम्म पिसिआरबाट ४८ हजार ८१५ र आरडिटीबाट ९० हजार २६ जनाको परीक्षण गरिएको जनाइएको छ ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?