पर्साको नारायणी अस्पतालबाट थप १८ जाना कोरोना जितेर घर फर्किए

५ years अगाडी teraibulletin

पर्साको नारायणी अस्पतालबाट थप १८ जाना कोरोना जितेर घर फर्किए

फोटो श्रोत कलिका टाइम्स

पर्सा १२ जेठ -पर्साको वीरगन्जस्थित रहेको नारायणी अस्पतालको   आईशोलेसनमा उपचारर १८ जना कारोना संक्रमित आइतबार राति कोरोना भाइरसलाइ जितेर डिस्चार्ज भएका छन्।कोरोना मुक्त हुनेमा वीरगन्जको छपकैया-३ का एकै परिवारका छन्। चार महिने शिशुसहित उनीहरूलाई आइतबार राति १० बजे डिस्चार्ज गरिएको सहायक प्रमुख जिल्ला अधिकारीले जानकारी दिए।

गत वैशाख २४ गते कोरोना पुष्टि भएका उनीहरू एकै परिवारका ४ महिने शिशुदेखि ६६ वर्ष उमेरका ११ पुरूष र ७ महिला छन्। उनीहरूको पछिल्ला दुई वटा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको नारायणी अस्पतालका मेडिकल सुपरिडेन्ट मदन कुमार उपाध्यायले जानकारी दिए।

यसअघि पनि शनिबार जेठ १० गते नारायणी अस्पतालमा उपचार गराईरहेका ९ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका थिए।नारायणी अस्पतालको आईसोलेशनमा उपचार गराईरहेका ६२ जना मध्ये १८ जना निको भई घर फर्केका हुन् ।

अन्तिम अपडेट २०७७/ जेठ १२ गते-सोमबार

 

 

 

 

 

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?