नरेन्द्र महतो- गौशला,
महाेत्तरी जिल्लाकाे गाैशाला नगरपालिकामा रहेकाे प्राथमिक स्वास्थ्य केन्द्रमा सर्जिकल समानहरु लगायत खाने अाैषधिहरुकाे अभाव भएकाे छ।
घाउ भएका विरामिहरुलाई कटन ,वैन्डेज ,सिरिन्च,ग्लाेवस ,वलेड र टेपकाे अभाव भएकाे विरामिहरुले जनाएका छन ।याे कस्ताे दुर्भाग्य हाे गरीवहरुकाे लागि बनेकाे अस्पतालमा एउटा सिरिन्च नभएकाे जसकाे कारण दिन प्रति दिन सेवा सुविधाकाे घटदै गएकाे कारण अस्पतालमा विरामिहरु सेवा लिन जान बन्द गरेका छन अर्काे कुराे विरामिलाई जाँच गराउन प्राथमिक स्वास्थ्य केन्द्र गाैशालामा जान्छाै अस्पताललाई हेर्न जाँदैनाै उनिहरुले प्रश्न गरे?
अस्पतालमा रहेका केहि कर्मचारीहरुकाे हेपाईका कारण सेवा लिने सेवाग्राहीहरु मजवुरी वस निजि क्लिनिकमा जाँच गराउन बाध्य भएर जाने गरेकाे वताए। हामिहरु कुनै लहरले नभई विरामी परेकाे कारण अस्पताल जान्छाै तर उहाँहरुमा स्वास्थ्य कर्मचारीहरुमा हुनु पर्ने गुन नभएकाे कारण अस्पतालमा विरामीकाे चाप घटदै गईरहेकाे छ।
केही दिन देखि स्वास्थ्य संस्थामा विभिन्न प्रकारका अाैषधि अभाव रहेकाे वडा न. ४ का वडा अध्यक्ष तथा संस्थाका अध्यक्ष राम बाबू साहले जनाएका छन । नगरपालिकाकाे स्वास्थ्य शाखाका कर्मचारीकाे ढिला सुस्तिकाे कारण अाैषधि खरीद नभएकाे कारण अभाव भएकाे छ। अाैषधि खरीदकाे लागि बजेट छुट्टयाई पनि अाैषधि खरीद नगर्नु दुःखत भएकाे साहले जनाए।अस्पतालका वेडहरु खरीद भई सकेकाेले लक डाउन भएकाे कारण ल्याउन नसकाकाे तर दुई चार दिनकाे भित्रमा सबै समान ल्याउने अध्यक्ष साहले जानकारी दिए ।
यस गौशाला स्वास्थ्य संस्थामा अाैषधि र बेडको समेत अभाव रहेकाे कुरा स्वास्थ्य संस्थका इन्चार्ज रबिन्द्र कुशवाहाले बताएको छ।