मेडिकल कौलेजमा उपचाररत व्यक्तिको कोरोनाकै कारण निधन:अन्तिम संस्कारपछि रिपोर्ट सार्वजनिक

५ years अगाडी teraibulletin

मेडिकल कौलेजमा उपचाररत व्यक्तिको कोरोनाकै कारण निधन:अन्तिम संस्कारपछि रिपोर्ट सार्वजनिक

पर्सा १२ जेठ – पर्साको वीरगञ्जमा उपचाररत व्यक्तिको निधन नोबेल कोरोना भाइरसकै कारण भएको पुष्टि भएको छ । नेसनल मेकिडल कलेज शिक्षण अस्पताल कोभिड रोग उपचारका प्रमुख डाक्टर असरफ अलीले ज्यान गुमाएका व्यक्तिको परीक्षणको रिपोर्ट पोजेटिभ आएको जानकारी दिएका छन ।

उनी भन्छन:-बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ७ का ७० वर्षीय पुरुषलाई श्वासप्रश्वासमा समसया आएपछि गएको २ गते उपचारका लागि बीरगञ्जको नेशनल मेडिकल कलेजमा भर्ना गरिएको थोयो “ उपचारको क्रममा उनको कोरोना भाइरसको सङ्क्रमण परीक्षणकालागि स्वाब संकलन भएको थियो । तर रिपोर्ट आउनु अघि नै उहाँको ज्यान गएको उनले बताए ।

ज्यान गुमाएका व्यक्तिको थारु परम्परा अनुसार अन्तिम संस्कार भइसकेको  छ ।अन्तिम संस्कारपछि उनको रिपोर्ट आएको हो । उनको गत जेठ  ४ गते ज्यान गएको थियो। यो सँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४ पुगेको छ ।

अन्तिम अपडेट २०७७/ जेठ १२ गते-सोमबार

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?