सर्लाही १२ जेठ -सलाहीको छुट्टाछुटै ठाउँको पोखरीमा डुबेर दुईजनाको ज्यान गएको छ । सर्लाहीको चन्द्रनगर र बरबरियामा पोखरीमा डुबेर एक युवक र बालिकाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ज्यान जानेमा सर्लाहीको बसबरिया गाउँपालिका वडा न:-४ गोनर्वाका वीरु पासवानकी चार वर्षकी छोरी लालमुनी पासवान रहेको प्रहरीले जनाएको छ । घरनजिकै रहेको राम जानकी मन्दिरको पोखरीमा बालिका डुबेर उनको ज्यान गएको स्थानीयले बताएका छन ।
बालिकाको शव परीक्षणपश्चात परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । त्यस्तै चन्द्रनगर गाउँपालिका–६ कामद्मा पोखरी डुबेको अवस्थामा एक युवकको शव फेला परेको प्रहरीले जनाएको छ ।
सोही स्थानका दुलार मुखियाको पोखरीमा डुबेको अवस्थामा युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामा राखिएको छ । शवको सनाखत गर्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रहरी प्रवक्ता डिएसपी मदन कुँवरले बताएका छन ।
अन्तिम अपडेट २०७७/ जेठ १२ गते-सोमबार