काठमाण्डौ । सप्तरीमा भएको सडक दुर्घटनामा एक व्यक्तिको मृत्यु भएको छ। नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा मृत्यु भएका १९/२० वर्षीय युवकको पहिचान खुलेको छैन।
अग्निसाईर कृष्णासवरण गाउँपालिका–१ जन्डोल स्थित पुर्व पश्चिम राजमार्गमा नाम र नम्बर नखुलेको सवारीसाधनले पहिचान खुल्न नसकेको ति व्यक्तिलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए।
उपचारको लागि गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजबिराज सप्तरी ल्याईएकोमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा संलग्न सवारी साधन र चालको खोज तलास गर्ने लगायतका अन्य अनुसन्धान कार्य भइरहेको प्रहरीको भनाई छ।