मेडिकल कौलेजमा उपचाररत व्यक्तिको कोरोनाकै कारण निधन भएपछि अस्पताल सिल

५ years अगाडी teraibulletin

मेडिकल कौलेजमा उपचाररत व्यक्तिको कोरोनाकै कारण निधन भएपछि अस्पताल सिल

पर्सा १२ जेठ –वीरगन्जको नेशनल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भई अन्त्यष्टी समेत गरिसकेका एक व्यक्तिको पिसीआर रिपोर्ट पोजेटिभ देखिए पछि उक्त मेडिकललाइ सिल गरिएको छ l  को रुघा खोकी र दमलगायतका समस्याबाट पीडित बारा करैयामाई गाउँपालिका वडा नम्बर ७ निवासी ७० वर्षीय वृद्धलाई उनका आफन्तले जेठ २ गते नेशनल मेडिकल कलेज शिक्षण अस्पतालमा भर्ना गरेका थिए ।

वृद्धको स्वास्थ्य अवस्था नाजुक भएको र भेन्टिलेटरमा राखेर उपचार भइरहेको अवस्थामा उनको गत जेठ ४ गते मृत्यु भएको थियो । वृद्धको उपचारको क्रममा कोरोना सङ्क्रमणको लक्षण देखिएको आधारमा उनको पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरी काठमाडौँ पठाइएको थियो तर उक्त स्वाबको रिपोर्ट नआउँदै उनको मृत्यु भएपछि अस्पतालले शव आफन्तको जिम्मा लगाएको थियो ।

अन्त्येष्टि भएको ८ दिन पछि आज (सोमबार) बिहान उनी सङ्क्रमित भएको पुष्टि भएसँगै अहिले मृतकका परिवारका सबै सदस्यलाई पिसीआर परीक्षण गर्ने तयारी भइरहेको स्थानीय प्रसासनलें जनाएको छ ।पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेत भन्छन:-मृतकको पिसीआर रिपोर्ट पोजेटिभ आएपछि नेशनल मेडिकल कलेजलाई आज दिउसो २:०० बजेदेखि नै सिल गरिएको बताएका छन ।

जिल्ला प्रहरी कार्यलय पर्साकी प्रहरी उपरिक्षक गंगा पन्त भन्छिन:अस्पताल सिल गरिएसँगै भित्र बाहिर आउजाउ गर्न पूर्णरुपमा रोक लगाइएको र “हाल अस्पतालमा बिरामीसँग सम्पर्कमा आएका चिकित्सक, स्वास्थ्यकर्मी तथा आफन्तहरूको कन्टयाक्ट टेसिङ्ग गर्ने काम भइरहेको छ lगत जेठ ४ गते मृतकका परिवारले शव बुझेर निजको सोही दिन साँझ अन्तिम संस्कार समेत गरेका थिए स्थानियाहरूको भनाई छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक कृष्ण पङ्गेनी भन्छन:-मृतकको मलामीमा जानेहरूको पनि कन्ट्याक्ट ट्रेसिङ्ग भइरहेको र अहिले बाराको करैयामाई गाउँपालिकाको वडा नम्बर ७ लाई सिल गरी सबैलाई होम क्वारेन्टाईनमा रहन आग्रह गरिएको बताए l

 

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?