जिल्ला प्रहरी कार्यलय बारामा कार्यरत ६ जना कोरोनाबाट संक्रमित:संक्रमित प्रहरीको संख्या १२ पुग्यो

५ years अगाडी teraibulletin

जिल्ला प्रहरी कार्यलय बारामा कार्यरत ६ जना कोरोनाबाट संक्रमित:संक्रमित प्रहरीको संख्या १२ पुग्यो

पर्सा १२ जेठ –नोबेल कोरोना भाइरस अर्थात कोभिड -१९ बाट बारामा कार्यरत ६ जना प्रहरी ग्रसित भएका छन l नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी नीरज शाहीले बारामा कोरोना संक्रमितको संख्या ६ पुगेको पुष्टि गर्दै संक्रमित प्रहरी सबै पुरुष रहेको बताएका छन l

प्रवक्ता शाहिका अनुसार उनीहरु बारा जिल्लाका विभिन्न युनिटमा कार्यरत थिए । योसँगै देशभर कोरोना संक्रमित प्रहरीको संख्या १२ पुगेको समेत उनले बताएका छन lप्रवक्ता शाहिका भन्छन:-प्रहरी प्रधान कार्यालयले प्रहरीमा संक्रमितको संख्या बढ्न थालेसँगै देशभर सबैलाई स्वास्थ्य सतर्कता अपनाउन भनेको छ । कोरोना महामारीको संकटमा पनि प्रहरी प्राप्त साधान स्रोतको प्रयोग गर्दै उच्च मनोबलका साथ खटिएको समेत उनले बताए l

अन्तिम अपडेट २०७७/ जेठ १२ गते-सोमबार

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?