पर्सा १२ जेठ-पर्साको बीरगंजस्थित रहेको नारायणी अस्पतालबाट फेरी ठुलो संख्यामा कोरोना जितेर आज(सोमबार)घर फर्किने भएका छन l अस्पतालमा उपचाररत थप ४४ जनाले कोरोना विरुद्धको लडाई जितेको नारायणी अस्पताल श्रोतले जनाएको छ l
नारायणी अस्पतालको आइसोलेसन वार्डमा उपचार गराईरहेका थप ४४ जनाको पनि पछिल्लो रिपोट नेगेटिभ आएको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायका अनुसार सबै संक्रमितहरुको पछिल्ला दुई रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गर्ने तयारी अगाडि बढेको छ।
आज बिहान नारायणी अस्पतालस्थित पीसीआर ल्याबको रिपोर्ट अनुसार दोस्रो पटक पनि रिपोट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गर्ने प्रक्रिया अघि बढेको छ ।निको हुने संक्रमितहरुमध्ये २ जना पत्रकार पनि छन् ।
अन्तिम अपडेट २०७७/ जेठ १२ गते-सोमबार