कुल जनसंख्याको २ प्रतिशतको कोरोना परीक्षण गरिने

५ years अगाडी teraibulletin

कुल जनसंख्याको २ प्रतिशतको कोरोना परीक्षण गरिने

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको कुल जनसंख्याको दुई प्रतिशतको कोरोना परीक्षण गरिने बताएका छन्।

प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा संबोधन गर्दै विज्ञहरुको सुझावअनुसार त्यसो गर्न लागिएको जानकारी दिएका हुन्।

त्यसो गर्दा नेपालको हालको जनसंख्या करीब ३ करोड रहेको छ। सोअनुसार ६ लाखको परीक्षण गर्नुपर्ने हुन्छ।

केन्द्रीय तथ्यांक विभागका अनुसार अहिले नेपालको कूल जनसंख्या २ करोड ९९ लाख ६६ हजार २ सय ४० रहेको छ।

तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?