आइतबार बिहान प्रादेशिक अस्पताल जनकपुरधामबाट भागेका एक कोरोना संक्रमित करिब ३७ घण्टापछि आज फेला परेका छन् ।
प्रादेशिक अस्पतालमा सञ्चालनमा रहेको कोभिड( १९ विशेष अस्पतालबाट आइतबार विहान करिब ३ बजे आइसोलेसनको ढोका तोडेर भागेका थिए ।
भागेको करिब ३७ घण्टा पनि सोमबार करिब ४ बजे संक्रमित आफ्नै गृह जिल्लामा फेला परेको धनुषा प्रमुख जिल्ला अधिकारी कोसहरी निरौलाले बताउनु भयो ।
अब उनलाई पुन अस्पतालमा ल्याउने तयारी भएको तर यता प्रादेशिक अस्पतालको आइसोलेसनमा ठाउँ नरहेको जानकारी प्राप्त भएको छ । त्यसपछि उनलाई राख्ने ठाउँ उपल्ब्ध गर्न लागिपरेको निरौलाले स्पस्ट पारे ।
वैशाख ३० गते फेला परेका सर्लाहीका ४५ वर्षीय संक्रमितको मानसिक अवस्था विग्रेको र पटक – पटक भाग्ने गरेको धनुषाका प्रहरी नायव उपरीक्षक रामेस्वर कार्कीले बताउनु भएको छ ।