काठमाण्डौ । कर्णाली प्रदेशअन्तर्गत सुर्खेतमा मंगलबार १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार पीसीआर परीक्षण गर्दा वीरेन्द्रनगरका १० र सिम्ता गाउँपालिकाका २ जनामा कोरोना पुष्टि भएको हो।
कर्णाली प्रदेश अस्पतालका अस्पताल निर्देशक डा। डम्बर खड्काका अनुसार बबई र सुब्बाकुना नाका तथा खुलामञ्चस्थित क्वारेन्टिनबाट संकलित स्वाब परीक्षण गर्दा १२ रिपोर्ट पोजिटिभ आएको हो।
यसअघि सुर्खेतका बराहतालमा २ र चौकुनेमा १ जनामा संक्रमण पुष्टि भइसकेको छ।
योसँगै कर्णाली प्रदेशमा संक्रमितको कूल संख्या २३ पुगेको छ।