नारायणी अस्पतालबाटअब छिटो भन्दा छिटो जनरल सेवा सुचारू गर्न सम्बिधान सभा सदस्य यादवको अनुरोध

५ years अगाडी teraibulletin

नारायणी अस्पतालबाटअब छिटो भन्दा छिटो जनरल सेवा सुचारू गर्न सम्बिधान सभा सदस्य यादवको अनुरोध

पर्सा १३ जेठ-नारायणी अस्पताल कोरोना मुक्त भएलगतै अब त्यसलाई छिटो भन्दा छिटो जनरल अस्पताल बनाउनु पर्ने सम्बिधान सभासदस्य बिचारी यादवले जोड़दार रुपमा माग गर्नु भएको छ l पर्साको बीरगंजस्थित रहेको नारायणी अस्पताल आज देखि कोरोना मुक्त अस्पताल भएको छ l

त्याहा उपचार गराईरहेका ७० जना बिभिन्न समयमा निको भएर घर फर्किए पछि नारायणी  अस्पताल कोरोनाबाट मुक्त भएर घर फर्किएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदन उपाध्यले पनी पुष्टि गर्नु भएको छ l

हामीले नेता यादवलाइ फोन गरी तपाईलाइ कस्तो लाग्यो आज:भनी सोधेका थियौ ?

नेता यादव भन्छन:-हेर्नुस जसले सुरुदेखि नै मेहनत गर्छ अनी उसको जब मेहनतको फल प्राप्त हुन्छ अनित खुसी नहुने कुरै भएन म त आज धेरै हर्षित छु”जब जब जनतालाई  दुःख हुदा हामी लड़छौ अनी जब जनतालाइ निकास हुन्छ,जनताको दुःख पीड़ा बिलय हुन्छ,तब त खुसी नहुने कुरै भएन नि ,म आज धेरै खुसी छु l

नारायणी अस्पताललाइ पहिलाको जस्तै अहिले पनी गर्नु पर्छ भनी संसद भवनमा सकारको पटक पटक ध्यानआकर्षण गराउदै र कुरा उठाउदै आउनु भएकी नेकपाकी सांसद प्रा.डा.पुष्पा कर्ण कायस्तलाइ हामीले सोधेका थियौ-तपाईको अब के भूमिका हुनेछ नारायणी अस्पतालाइ जनरल बानाउनको निमित ?

प्रा .डा.कायस्त भन्छिन:-पहिला त सबै डॉक्टरलाई धन्याबाद दिन्छु जून उहाहरुले अहू-रात्र ख़टेर संक्रमित ब्यक्तिलाइ कोरोना भाइरस मुक्त गरी सकुसल पठाउनु भएको छ l मलाई अति नै खुसी लाग्यो अब बिपन्न वर्ग,निमुखा,एकल महिला,जसले आर्थिक अवस्थाको कजोड रहेका उनिहरू अब स्वास्थ्य सेवाबाट बंचित हुने छैन l यो त खुसिको कुरा हो सम्पूर्ण निको भएका ब्यक्तिहरूमा स्वास्थ्य लाभको कामना छ l नारायणी अस्पताललाइ अब पहिला जस्तै अर्थात जनरल बनाउनको लागी म संग हुने सबी खालको सहयोग गर्नेछु l  

हामिले फोन सम्पर्क गरी नारायणी अस्पतालका सुपरिटेन्डेन्ट डा.मदन उपाध्यलाइ सोधेका थियौ –अब कहिले जनरल गर्ने ?

उनी भन्छन:-हेर्नु हामीले यसलाई बिस्तारै सरसफाई गर्दै छौ ,अहिले मानिस मात्र डिस्चार्ज भईसके मात्र अस्पताल नै कोरोना मुक्त भएको हो भन्न नमिलने हो l यसलाई हामीले अब यसको सबै प्राबिधिक कुराहरू बिस्तारै मिलाउदै जाने बताएका छन l अगाडी भन्छन हामीलाई यो अस्पताललाइ अब नार्मल बनाउनको लागी फेरी हामीलाई सबैको साथ र सहयोगको आवश्यक रहेको बताएक छन l उनु भन्छन:-हामी जनतालाइ पनी अपील गर्छौ की अहिले नै आतिनु पर्ने कुनै कुरा त्यसो नरहेको बताएका छन l

यसै गरी नारायणी अस्पताललाइ जनताको लागी खोल्नु पर्छ र कोभिड अस्पताल अन्त्य हुनुपर्ने आवाज उठाउदै आएको ओ.बी.सी अध्यक्ष अकलेस साहलाई हामीले सम्पर्क गरी सोधेका थियौ ? अब त कोरोना संक्रमित सबै डिस्चार भए बिस्तारै अब अस्पताललाइ जनलर बनाउने भएको छ”यसमा तपाई जस्तै संघसंस्थाका युवाहरुको के भूमिका होला भनी प्रतिक्रया मगेका थियौ l 

ओ.बी.सी अध्यक्ष अकलेस साह प्रतिक्रया दिदै भने:म लगायत हाम्रा युवा साथीहरू सक्दो सहयोग गर्छौ,हामीबाट जे हुन्छ जसरी हुन्छ हामी सहयो गर्न तयार छौ तर फेरी कुनै बहनामा जनतालाइ दुःख दिने काम भयो भने हामी युवा जमात चुप लागने छैनौ,जनताको लागी हामीले त सहयोग गर्छौ l 

नारायणी अस्पतालबाट कोरोना जितेर ४४ जाना डिस्चार्ज

वीरगञ्जको नारायणी अस्पतालको आईसोलेशन वार्डमा उपचाररत ४३ जना कोरोना संक्रमितहरु हिजो (सोमाबार ) साँझ निको भएर घर फर्किएका छन् ।नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले संक्रमितहरुको पछिल्लो दुई वटा रिपोर्ट नेगेटिभ आएपछि सबै ४३ जनालाई आज साँझ डिस्चार्ज गरिएको बताए ।

नारायणी अस्पतालको आईसोलेशनमा उपचारका लागि भर्ना भएका ४३ जना संक्रमितहरुको लगातार दुई वटा रिपोर्ट नेगेटिभ आएपछि उनिहरु कोरोना मुक्त भएको पुष्टि भएसँगै साँझ डिस्चार्ज गरिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. उपाध्यायले बताएका छन।डिस्चार्ज हुनेमा पर्साका २ जना सञ्चारकर्मी, २ जना महिला समेत रहेका छन् ।

त्यसैगरी आज साँझ डिस्चार्ज भएका ४३ जना मध्ये १ जना सर्लाहीको रहेको र बाँकी सबै पर्साका रहेको मेडिकल सुपरिटेन्डेन्ट डा. उपाध्यायले बताए  । नारायणी अस्पतालमा सम्पूर्ण संक्रमितहरु डिस्चार्ज भएपछि अहिले वीरगञ्जमा खुशीयाली छाएको छ ।नारायणी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मीलाई सबैले धन्यवाद दिएका छन् ।यसैबीच, ४३ जना कोरोना संक्रमित डिस्चार्ज भएसँगै नारायणी अस्पताल जेनरल सेवा सञ्चालनका लागि पूर्ण रुपमा खाली भएको छ ।

अब वीरगञ्जको गण्डक अस्प्ताललाई नारायणी अस्पताल मातहतमा रहने गरी अस्थायी कोभिड विशेष अस्पताल बनाईएको र सो अस्पतालको आईसोलेशनमा अझै २७ जना कोरोना संक्रमितहरुको उपचार भई रहेको मेडिकल सुपरिटेन्डेन्ट डा. उपाध्यायले बताए  l

यस अघि नारायणी अस्पतालमा उपचाररत १८ जना कोरोना संक्रमित गएराति डिस्चार्ज भएका थिए भने ९ जना शनिबार डिस्चार्ज भएका थिए ।नारायणी अस्पतालमा ७० जना कोरोना संक्रमितलाई राखिएकोमा सबै संक्रमित निको भई घर फर्किएपछि अस्पताल खाली भएको छ ।डिस्चार्ज हुनेको स्वागत गर्न वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय सरावगी नारायणी अस्पतालमा पूगेका थिए ।

अन्तिम अपडेट २०७७/ जेठ १३ गते-मंगलबार

 

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?