पर्सा १३ जेठ –पर्साको छिपहरमाई गाउपालिकको क्वारेन्टाइनमा रहेका ५८ जाना आज घर फर्किएका छन l उक्त गाउपालिकाको वडा नं:५ भिस्वास्थित श्री मंगल मा.वि मा बनाइएको क्वारेन्टाइनमा रहेका ५८ जनाको पीसीआर रिपोर्ट नागेटीभ आइसके पछि उनीहरूलाइ घर पठाईएको छ l
गाउपालिकाका प्रशासकीय अधिकृत देवनाथ साहको अनुसार यी सबै जनाको जेठ ७ गते स्वाब संकलन गरि पिसिआर परिक्षणको लागि नारायणी अस्पतालमा पठाइएको थियो । नारायणी अस्पतालको प्रयो गशालामा गरिएको परिक्षणमा सोमबार सांझ रिपोर्ट नगेटिभ आए पछि सबै जनालाई घर पठाइएको हो ।अहिले पनि भिस्वास्थित मंगल माविको क्वारेन्टाइनमा २१ जना रहेको उनले बताएकाछन l फोटो श्रोत कालिका टाइम्स
अन्तिम अपडेट २०७७/ जेठ १३ गते-मंगलबार