काठमाडौं ( वीरगञ्जस्थित गण्डक अस्पतालमा उपचार गराइरहेका २१ जना कोरोना संक्रमित निको भएका छन् । उनीहरु मंगलबार बेलुका अस्पतालबाट डिस्चार्ज भएको जनाइएको छ । डिस्चार्ज हुनेहरुमा ५ जना महिला र १६ जना पुरुषहरु रहेका छन् ।
जहाँ २ वर्षीय र १० वर्षीय बालक तथा १५ वर्षीय एक किशोर पनि रहेका छन् । उनीहरुको लगातार दोश्रो पटकको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज गरिएको डाक्टर उदय नारायण सिंहले जानकारी गराएका हुन् । उक्त अस्पतालमा उपचार गराइरहेका ३० जना कोरोना संक्रमितहरुमध्ये २१ जना पूर्ण रुपमा निको भएका हुन् ।