रुकुम घटनामा २० जनाविरुद्ध किटानी जाहेरी, १२ जना पक्राउ

५ years अगाडी teraibulletin

रुकुम घटनामा २० जनाविरुद्ध किटानी जाहेरी, १२ जना पक्राउ

 काठमाडौं । रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिका–८ सोतीमा अन्तरजातीय सम्बन्धलाई लिएर भएको घटनामा पीडित परिवारले २० जनाविरुद्ध किटानी जाहेरी परेको छ । तीमध्ये १२ जना पक्राउ परिसकेका छन् ।

प्रहरीले वडाध्यक्ष डम्मरबहादुर मल्ल, डिल्ली मल्ल, तुलबहादुर मल्ल, प्रेमबहादुर ठकुरी, वीरबहादुर मल्ल, प्रकाशी मल्ल, सन्तोष मल्ल, मोहन पुनमगर, रमेशबहादुर मल्ल, मानबहादुर मल्ल, टोपबहादुर मल्ल र १७ वर्षीया एक किशोरीलाई पक्रेको हो । उनीहरूलाई १० दिनको म्याद थप गरी अनुसन्धान कार्य अघि बढाइएको जिल्ला प्रहरीप्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले बताए । मंगलबार जिल्ला ल्याइएका उनीहरूलाई सोही दिन म्याद थप गरिएको उनले जानकारी दिए । अरू ८ जनाको खोजी भइरहेको केसीले बताए ।

जेठ १० गते शनिबार सोती पुगेका युवकहरूलाई गाउँलेले लखेटेपछि ३ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता छन् । जाजरकोटको भेरी नगरपालिका–४ का नवराज विक, गणेश बुढामगर र चौरजहारी नगरपालिका–१, रुकुम पश्चिमका टीकाराम नेपालीको शव भेरी नदीमा भेटिएको थियो । त्यस्तै भेरी नगरपालिका–११ का लोकेन्द्र सुनार, गोविन्द शाही र ४ नम्वर वडाका सञ्जु विक बेपत्ता छन् ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?