पर्सा १४ जेठ –भारतको बिभिन्न ठाउबाट आई रक्सौलस्थित बनाइएको क्वारेन्टाइनमा बसेका सयौं नेपाली नागरिकलाई आज (बुधबार) रक्सौल वीरगन्ज नाका हुँदै नेपाल प्रबेश गराइएको छ। विगत एक महिनादेखि रक्सौलको हजारीमल क्वारेन्टाइन तथा वैष्णो देवी दर्शनको क्रममा भारतको जम्मूकश्मीर, कटरा क्वारेन्टाइनमा बसेका सयौंको संख्याका नेपालीलाई बुधबार बिहान ८ बजे चेकजाँच गरी नेपाल प्रवेश गराइएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले बताएका छन ।
उनले भने” बारा, पर्सा, रूकुमलगायत करिब २५ जिल्लाका नेपालीहरू सीमा क्षेत्रमा आएर अलपत्र परेपछि दुवै देशका सुरक्षा निकायबिच मंगलबार भएको सहमति अनुसार बुधबार बिहान नेपाल प्रवेश गराएका छौ ।
पर्साकी प्रहरी उपरिक्षक गंगा पंतका अनुसार वीरगंजको मुख्य नाका हुदै नेपाल प्रवेश गर्नेमा रक्सौल क्वारेन्टाइनमा रहेका २ सय २२ जना, वैष्णो देवी दर्शनको क्रममा भारतको जम्मूकश्मीर, कटरा क्वारेन्टाइनमा परेका ११ जना नेपालीको टोली र रोजगारीका लागि भारतको मुम्बई, सुरत, दिल्लीलगायत अन्य शहरबाट बिभिन्न सवारी साधन तथा पैदल मार्गहुँदै करीब ५ दिन पहिले रक्सौल नाका आइपुगेका सयौंको संख्यामा रहेका नेपाली नागरिकलाई बुधबार नेपाल भित्र्याइएको छ l
प्रहरी उपरिक्षक पन्त भन्छिन :-आज बिहान ८ बजे देखि उच्च सतर्कताका साथ प्रत्येक नेपालीको प्रारम्भीक स्वास्य परीक्षण गरेर नेपाल प्रवेश गर्न दिएका छौ’नजिकमा घर भएका नेपालीलाई सम्बन्धित जिल्लाको प्रशासनलाई जिम्मा लगाउँदै छौ र टाढाका जिल्लामा घर भएका नेपालीलाई वीरगन्जकै क्वारेन्टाइनमा बस्ने व्यव्था मिलाएका छौ।’
अन्तिम अपडेट २०७७ साल /जेठ १४ गते –बुधबार