काठमाडौं । गण्डकी प्रदेश सरकार अन्तर्गतको स्वास्थ्य निर्देशनालय, पोखराले थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो। नयाँ संक्रमित सबै बागलुङ जिल्लाका छन्।
गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका निर्देशक डा।बिनोद बिन्दु शर्माले बुधबार प्रेस विज्ञप्ति प्रकाशित गरी बागलुङमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्।
नयाँ संक्रमित बागलुङको बढीगाड गाउँपालिकाका १९ र २० वर्षका दुई र बागलुङकै तमनखोला गाउँपालिकाका २१, २७, २७ र २१ वर्षका चार युवा छन्।
बागलुङमा बुधबार पुष्टि भएका ६ जना सहित नेपालमा कोरोना संक्रमितको संख्या सात सय ७८ पुगेको छ।