झापामा थप १७ जनामा कोरोना पुष्टि,

५ years अगाडी teraibulletin

झापामा थप १७ जनामा कोरोना पुष्टि,

काठमाडौं । नेपाली दिनप्रति दिन कोरोना संक्रमितहरुको संख्या बढ्दो छ । यसैक्रममा झापाका थप १७ जनामा कोरोना पुष्टि भएको छ ।

प्रदेश १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा रहेको कोरोना सूचना डेस्कका अनुसार बुधबार झापाको कचनाकवल र बाह्रदशीका १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसअगाडि कोरोना पुष्टि भएकाहरुको सम्पर्कमा आएका र भारतबाट आएकाहरुको स्वाब नमुना संकलन गरी विराटनगरस्थित कोसी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षण उनीहरुमा कोरोना पुष्टि भएको हो । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ सय ४ पुगेको छ ।

तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?