बारामा एक स्वास्थ्यकर्मी सहित आठ जनामा कोरोना पुष्टि:प्रदेश दूईमा एकै दिन ४५ जना संक्रमित फेला

५ years अगाडी teraibulletin

बारामा एक स्वास्थ्यकर्मी सहित आठ जनामा कोरोना पुष्टि:प्रदेश दूईमा एकै दिन ४५ जना संक्रमित फेला

पर्सा,१४ जेठ -प्रदेश दुईको बारा जिल्लामा एक स्वास्थ्यकर्मी सहित थप आठ(८ ) जनामा कोरोना संक्रमण देखिएको छ l जिल्ला प्रशासन कार्यालय बाराको अनुसार संक्रमित उनिहरु सबै जना पचारौता नगरपालिकाको रहेको र उनीहरू पिपरपातीमा बनाइएको एउटै क्वारेन्टाईनमा बस्दै आएका थीए l

जिल्ला प्रहरी कार्यालय बाराको अनुसार उनीहरु सबै जना स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको तथा अस्पतालमा ल्याउँने तयारी भइरहेको छ । यो सँगै बारामा कोरोना सक्रमित संख्या ५४ जना पुगेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम प्रहरी उपरिक्षक गौतम मिश्राले बताएका छन। प्रहरी उपरिक्षक मिश्रको अनुसार कुल ५४ संक्रमित मध्ये दुइजना उपचार पछि घर फरकेका छन भने एक जनाको कोरोनाको कारण मृत्यु भएको छ  l

रोजगारीको सिलसिलामा नया संक्रमितहरू भारत गएका थिए र उनीहरू लकडाउनको समयमा नै नेपाल फरकेका थिए l कोरोनाको संक्रमण देखिएका स्वास्थ्यकर्मी नगरपालिकाको तर्फबाट क्वारेन्टाईनमा खटिँदै आएका थिए । (बुद्धबार) आज एकै प्रदेश दुईमा ४५ जनामा पछिल्लो पटक कोरोना पोजेटिभ देखिएको थियो । जस मध्ये रौतहटका मात्रै ३५ जना रहेका छन् । त्यसै सिरहाका २ जना रहेका छन् ।

अन्तिम अपडेट २०७७ साल /जेठ १४ गते –बुधबार

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?