स्थानीयले भेटे अर्का युवाको शव, दुई जना अझै बेपत्ता

५ years अगाडी teraibulletin

स्थानीयले भेटे अर्का युवाको शव, दुई जना अझै बेपत्ता

काठमाडौं । रुकुम पश्चिममा भएको घटनापछि बेपत्ता तीन जनामध्ये एक जनाको शव स्थानीयले भेरी नदीको किनारमा फेला पारेका छन्।

बुधबार दिउँसो स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेको जाजरकोटका प्रहरी प्रमुख डीएसपी किशोर श्रेष्ठले बताए। भेरी नगरपालिका वडा नं ११ का लोकेन्द्र सुनारको शव फेला परेको हो।

भेरी नगरपालिका १३ स्थित उदु नजिकै भेरीको किनारमा शव भेटिएको डीएसपी श्रेष्ठले बताए।

भेरी नगरपालिका वडा नं ११ कै गोविन्द शाही र वडा नं ४ का सन्दीप विक अझै बेपत्ता छन्। भेरी नगरपालिका–४ का नवराज विक र गणेश बुढा, चौरजहारी–८ का टीकाराम सुनारको शव यसअघि नै फेला परिसकेको छ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?