गणतन्त्र दिवसकोअवसरमा बीरगंज कारागारबाट ७ जना कैदीबन्दी रिहा हुदै

५ years अगाडी teraibulletin

गणतन्त्र दिवसकोअवसरमा बीरगंज कारागारबाट ७ जना कैदीबन्दी रिहा हुदै

बीरगन्ज १५ जेठ –गणतन्त्र दिवसको अवसरमा बीरगंज कारागारबाट ७ जना कैदीबन्दी रिहा हुने भएका छन l बीरगन्ज कारागारबाट सजाय माफ पाएका विभिन्न मुद्दामा सजाय भुक्तान गरिरहेका कैदी छन् ।

सजाय माफ पाएर रिहा हुने कैदीहरुमा सवारी ज्यान मुद्दाका ३ जना, (कर्तव्य ज्यान मुद्दाका १ जना, दस्तखत किर्ते मद्दाका १ जना, वन पैदावार मुद्दाका १ जना र अङ्गभङ्ग मुद्वाका १ जना गरी जम्मा ७ जना रहेको कारागार कार्यालय, पर्साले जनाएको छ ।

यसै गरी प्रदेश २ बाट  कुल १२ जना कैदीबन्दी कैद मुक्त हुने भएका छन । विभिन्न मुद्दामा अदालतबाट फैसला भई सजाय भुक्तान गरिरहेको कैदीहरुको बाँकी सजाय माफ गरिएको हो। प्रदेश २ का बीरगन्ज कारागारबाट ७, सप्तरी कारागारबाट २ जना, सिराहा कारागारबाट १ जना, महोत्तरी कारागारबाट २ जना गरी १२ जना कैदी रिहा हुने भएका छन l

नेपाल सरकारले गणतन्त्र दिवसको अवसरमा भुक्तान गर्न बाँकी रहेको सजायमा माफी दिदैं कैदीबन्दीलाई रिहा गर्ने भएको छ । देशभरका सबै कारागारबाट जम्मा २३३ कैदीहरुको बाँकी कैद कट्टी भएको जनाइएको छ । कैद कट्टा भएका कैदीहरु आज नै रिहा हुने भएका छन् ।

अन्तिम अपडेट २०७७ साल /जेठ १५ गते –बिहीबार 

 

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?