बाँकेमा अनिश्चितकालीन निषेधाज्ञा

५ years अगाडी teraibulletin

बाँकेमा अनिश्चितकालीन निषेधाज्ञा

काठमाडौं । जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाभर अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ सरुवा भएर आएकै दिन जिल्ला सुरक्षा समितिको बैठकबाट बुधबार रातिदेखि जिल्लामा निषेधाज्ञा जारी गरिएको हो

निषेधाज्ञामा जिल्लामा अत्यावश्यक सेवा भोजनालय, औषधि पसल, खाद्यान्न, फलफूल तथा तरकारी, अस्पताल तथा स्वास्थ्य केन्द्र, मालसामान ओसारपसार गर्ने तथा निर्माणमा प्रयोग हुने ढुवानी सञ्चालनमा रोक लगाइएको छैन ।

यस्तै खानेपानी सञ्चालन तथा वितरण, पेट्रोलियम पदार्थको ढुवानी, भण्डारण वितरण, फोहोरमैला संकलन तथा ढुवानी, विद्युत् सेवा, कृषि तथा कृषि पशुपक्षीजन्य उत्पादन ढुवानीमा प्रयोग हुने साधन, वर्कशप जस्ता अत्यावश्यक सेवाबाहेक अन्य सेवा जिल्लाभरि सञ्चालन नगर्न र नगराउन अनुरोध गरिएको छ ।

सुरक्षा समितिले हिजो राति १० बजेदेखि अर्को आदेश नभएसम्म स्थानीय प्रशासन ऐन २०२८ को दफा ६९३० र संक्रमण रोग ऐन २०२० को दफा २ बमोजिम जिल्लामा निषेधाज्ञा जारी गरेको प्रजिअ कुरुम्वाङद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?