बेलायतमा कोरोना भाइरसबाट ६५ नेपालीको ज्यान गयो

५ years अगाडी teraibulletin

बेलायतमा कोरोना भाइरसबाट ६५ नेपालीको ज्यान गयो

काठमाडौं । कोरोनाबाट बेलायतमा थप एक भूपू गोरखा सैनिकको निधन भएको छ। बेलायतको ग्रेजा निवासी ६१ वर्षीय जीतेन्द्र राईको उपचारका क्रममा मङ्गलबार निधन भएको उनका आफन्त बलु राईले जानकारी दिएका हुन्।

पुर्ख्यौली घर खोटाङ भई उदयपुर बसाइँसराइ गरेका राई लामो समयदेखि बेलायतमा थिए।

कोरोनाका लक्षण देखिएपछि सुरुमा अस्पतालले घरमै आइसोलेसनमा बस्न सुझाएको थियो । घरमा १४ दिनसम्म बस्दा पनि ठीक नभएपछि ५ हप्ताअगाडि उनलाई एम्बुलेन्समा अस्पताल लगिएको थियो।

घर नजिककैको बासिल्डन अस्पतालको सघन उपचार कक्षमा १ महिना ५ दिन राखेर उपचार गर्दासमेत कुनै सुधार भएको थिएन। उनका ३ छोरा बेलायतमा र श्रीमती नेपालमा छन्।

हालसम्म बेलायतमा कोरोनाबाट निधन हुने नेपालीको सङ्ख्या ६५ पुगेको छ भने राईसहित भूपू गोरखा सैनिकको सङ्ख्या ५४ पुगेको छ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?