आजमात्रै थप १५६ जनामा कोरोना संक्रमण पुष्टि ,संक्रमितको संख्या १ हजार ४२

५ years अगाडी teraibulletin

आजमात्रै थप १५६ जनामा कोरोना संक्रमण पुष्टि ,संक्रमितको संख्या १ हजार ४२

काठमाडौं । नेपालमा बिहीबार १५६ कोरोनाभाइरसका संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार बिहीबार दैलेख ८, कैलाली २, दार्चुला १, स्याङ्जा ३, नवलपुर १, धनुषा २९, महोत्तरी १७, सप्तरी१४, मकवानपुर १, बर्दिया ३, बाँके १, झापा २५, सर्लाही ७, सिरहा ६, रौतहट २०, दोलखा २, सोलुखुम्बु १, बझाङ १ र सुर्खेतमा १३ संक्रमित थपिएका हुन्।

योसँगै नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या १ हजार ४२ पुगेको छ। अहिलेसम्म ५ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् भने १८७ जना निको भएका छन्।

पछिल्ला दिनमा भारतबाट आउनेहरूको संख्या बढेसँगै नेपालमा पनि संक्रमितको संख्या तीव्र रूपले बढेको हो।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?