काठमाडौं । सरकारले पर्यटन उद्योगमा कार्यरत श्रमिकलाई तलब दिन तथा व्यवसाय सञ्चालन गराउनका लागि आवश्यक पर्ने रकम व्यवस्था गर्न ५० अर्बको कोष स्थापना गर्ने भएको छ।
आगामी वर्षका लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले त्यस्तो कोष नेपाल राष्ट्र बैंकको नियन्त्रणमा हुने जानकारी दिए।
यसमा सरकारी तथा दातृ निकायबाट पैसा जम्मा हुने र पर्यटन व्यवसायीले पाँच प्रतिशतले ऋण पाउने छन्।