धर्मेन्द्र कुमार यादव- महोत्तरी, महोत्तरी जिल्लाको सम्सी गाँउपालिकामा बनाइएको क्वारेन्टाईन अव्यवस्थित हुँदा स्थानीयमा त्रास फैलिएको छ। वडा नं. ६ स्थित मदर्सामा तयार गरिएको क्वारेन्टाईनका कारण स्थानीय सर्वसधारणहरु त्रसित भएका छन् ।
गौशाल सम्सी सडक खण्डको छेउ मै स्थापित रहेको क्वारेन्टाईनमा आवश्यक मात्रामा भौतिक पूर्वाधारको वन्दोवस्त नभएको कारण सर्वसधारणहरु चिन्तित भएका छन् ।
क्वारेन्टाईनभित्र घेराबेरा एवं शौचालयको अभाव रहेको छ जसको कारण क्वारेन्टाईनमा वस्नेहरु दिसापिसाव गर्नका लागि वाहिर जानुपर्ने बाध्यता रहेको छ । क्वारेन्टाईमा रहदै आएका ५० जनाले वाहिर खुल्ला स्थानमा दिसापिसाव गर्न जानेक्रमा प्रत्यक्ष रुपमा सम्पर्कमा आउने भए पछि गाँउ नै त्रसित भएका छन् ।
क्वारेन्टाईनमा वस्दै आएका शेख नमिन अख्तरका अनुसार शौचालयको अभावमा वाहिर खुल्ला स्थानमा दिसापिसाव गर्नुपर्ने बाध्यता रहेको जनाएका छन् । आफुहरुको गुनासो सुन्नका लागि गाँउपालिकाका प्रमुख शेख फारुख आएतापनि अहिलेसम्म कुनै भौतिक पूर्वाधारका निम्ति उचित कदम नउठाएको अख्तरको गुनासो रहेको छ ।
तीनदिनदेखि संचालनमा आएका सो क्वारेन्टाईनमा अझ गाँउपालिकाले चिकित्सक, खाना, शुद्ध खानेपानी, उचित घेरावेराको वन्दोवस्त गर्न नसकेको स्थानिय शेख अनमउल्लाहले बताउनुभयो । गाँउपालिकाको कार्यालयले खानाको प्रवन्ध गर्न नसकेपछि त्यहाँ बसेकाहरु घरबाटै खाना मगाएर खादै आएको अमनउल्लाहले जानकारी दिनुभयो ।
गाँउपालिकाको कार्यालयले समयमै रकम नपठाएतापनि आफुले जसोतसो आफनो वडामा तीन स्थानमा क्वारेन्टाईन संचालन गर्दै आएको वडा नं. ६ का वडाअध्यक्ष शेख उमैदले बताउनुभयो । आवश्यक वन्दोवस्तका लागि तत्काल गाँउघरबाट एक लाख रुपैयाँ सापटी लिई बन्दोवस्तमा जुटेको वडाअध्यक्ष उमैदले जानकारी दिनुभयो ।
सभार:- शिरीष न्युज