राजेन्द्र महतो- लहान,
प्रदेश २ मा कोरोनाको संक्रमण बढे सगैँ अग्रपक्तिमा खटिरहेका सुरक्षाकर्मी माथि पनि दिनहु जोखिम बढीरहेको छ ।
प्रदेश २ अन्तर गतका विभिन्न जिल्ला हरुमा कार्यरत १३जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण देखिएको छ ।
सबैभन्दा बढी बारामा ७ जना प्रहरी संक्रमित देखिएका छन् ।
सिरहामा कार्यरत २ जना ,सप्तरीमा २ जना,धनुषामा २जना र बारामा ७ जना गरि १३ प्रहरी संक्रमित देखिएको प्रदेश प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले बताएका छ्न।प्रहरीमा समेत कोरोना संक्रमण देखिन थालेपछि २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख डिआईजी धीरजप्रताप सिंहले सतर्कता अपनाउन प्रहरी कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।