राष्ट्रीय बिद्यार्थी संघ पर्साको अध्यक्ष चौरसियाको नेतृत्वमा बिद्वासिनी गाउपालिकामा सेनिटाइजार छर्किने कार्य सुरु

५ years अगाडी teraibulletin

राष्ट्रीय बिद्यार्थी संघ पर्साको अध्यक्ष चौरसियाको नेतृत्वमा बिद्वासिनी गाउपालिकामा सेनिटाइजार छर्किने कार्य सुरु

पर्सा १७ जेठ –बिश्वभर महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाइरस आर्थात (कोभिड-१९)बाट बाच्नको लागी जनता समाजबादी पार्टी नेपाल निकट राष्ट्रीय बिद्यार्थी संघ पर्सा जिल्लको अध्यक्ष मधुसुदन चौरसियाको नेतृत्वमा (बिहीबार) आजदेखि पर्साको बिन्द्वासिनी गाउपालिकाको सम्पूर्ण वडामा सेनिटाइजार छर्किने कार्य सुरु भएको छ l

उक्त गाउपालिका अन्तर्गत रहेको ५ वाटै वडामा आजदेखि सेनिटाइजार छर्किने कार्य सुरु गरिएको राष्ट्रीय बिद्यार्थी संघ पर्सा जिल्लको अध्यक्ष चौरसियाले बताउनुभयो lउहाले सुरुवाती चरणमा आज बिन्द्वासिनी गाउपालिका वडा न:-३ को सानो इटियाही र ठुलो इटियाहीमा आज सेनीटाईजर गर्ने कार्य सम्पन्न भएको र बाकी अरु वडामा क्रमस गर्दै जाने बताउनुभयो l अध्यक्ष चौरसियाले आफ्नो ब्यक्तिगत लागतमा सेनिटाइजार छर्किने गरिरहेको बताउनुभयो l

अध्यक्ष चौरसियाको अध्यक्षता सुरु गरिएको सेनिटाइजार छर्किने कार्यमा राष्ट्रीय बिद्यार्थी संघ पर्सा जिल्लको उपाध्यक्ष सुमित चौरसिया,ठाकुर राम इकाई समितिको सह-सचिव गौरी संकर यादव,बिद्यार्थी नेता ओमप्रकास साह,पूनिलाल दास,जनता समाजबादी पार्टी बिद्वासिनी गाउपालिकाको संयोजक सतेन्द्र चौरसिया,स्थानीय युवाहरू अमरजीत चौरसिया,सूर्यमोहन चौरसिया,ब्रिजेश सह कानू ,भूपेन्द्र सहनी,सुजीत झा लगायतको सहभागीता रहेको थियो l

अन्तिम अपडेट २०७७ साल /जेठ १६ जेठ -शुक्रबार 

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?