संक्रमितलाइ आइसोलेसनमा लैजान रौतहट पुगेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मी संग स्थानीयबासिको झड़प: १२ राउण्ड हवाई फायर

५ years अगाडी teraibulletin

संक्रमितलाइ आइसोलेसनमा लैजान रौतहट पुगेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मी संग स्थानीयबासिको झड़प: १२ राउण्ड हवाई फायर

पर्सा १६ जेठ –रौतहटको इशनाथ नगरपालिकामा प्रहरी र स्वास्थ्यकर्मीलाई स्थानीयले रोक्न खोजेपछि तनाव भएको छ । कोरोना भाइरस संक्रमितलाई आइसोलेसनमा लैजान पुगेको प्रहरी र स्वास्थ्यकर्मीलाई स्थानीय रोक्न खोज्दा तनाव बढेपछि त्यसलाई नियन्त्रणमा लिन प्रहरीले १२ राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

जिल्लाको इशनाथ नगरपालिका–७ को जोकाहास्थित क्वारेन्टाइनमा राखिएका २ व्यक्तिलाई आइसोलेसनमा लैजाने विषयमा विवाद भएपछि आज (शुक्रबार) बिहान तनाव भएको हो ।

दुई संक्रमितलाई अर्को स्थानमा रहेको आइसोलेसनमा लैजान पुगेका चिकित्सक र सुरक्षाकर्मीलाई स्थानीयले त्यहीँ राख्न माग गर्दै अवरोध गरेपछि तनाव भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।आक्रोसित स्थानीयले प्रहरीको गाडीमा तोडफोड समेत गरेका छन् । अहिले स्थिति नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ।

तर स्मरण रहोस संक्रमितलाइ आइसोलेसनमा नै राख्दा समाज र परिवारको हितमा हुने होईन भने भोलिका दिनमा जब अवस्था लाथालिंग भयो भने हामी पनी अरु राष्ट्र जस्तै हुन्छौ त्यसर्थ संक्रमितलाइ आइसोलेसनमा आफै जानू पर्छ र संकालागेका क्वारेनटाईनमा बस्दा नै एउटा सींगो राष्ट्रको लागी उचित हुने विज्ञहरू बताउछन l

अन्तिम अपडेट २०७७ साल /जेठ १५ गते –बिहीबार  

 

 

 

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?