काठमाडौं १६ जेठ –कोरोना भाइरसको अग्रपन्तिमा लड़ीरहेका नेपाल प्रहरीका प्रहरी जवान लगतार कोरोना भाइरसको सिकार हुन थालेका छन lप्रहरी प्रवक्ता एवम डीआईजी नीरज शाहीका अनुसार हिजो (बिहीबार) साँझसम्म प्रहरीमा कोरोना संक्रमितको संख्या २० पुगेको छ ।
उनका अनुसार बारामा ७, धनकुटामा २, काठमाडौंमा २, धनुषामा २, कपिलवस्तु २ बाँकेमा २ सप्तरीमा ३ जना कोरोना भाइरसको संक्रमणबाट ग्रसित भएका छन ।संक्रमित सबै प्रहरीलाई आइसोलेसनमा राखिएको उनले बताएका छन ।
अन्तिम अपडेट २०७७ साल /जेठ १६ गते –शुक्रबार