काठमाडौं । धनुषाको जटहीस्थित नेपाल(भारत सीमामा मृत्यु भएका धनुषाका ३० वर्षीय युवाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाका अनुसार मृतक यादवको स्वाब परीक्षण गर्दा कोरोना नेगेटिभ आएको हो ।
पोस्टमार्टम रिपोर्ट भने आउन बाँकी रहेको कोशहरि निरौलाले जानकारी दिनुभयो । गत बुधवार भारतको गुजरातस्थित सूरतबाट नेपाल आउँदा सीमानाकामा नै उनको मृत्यु भएको थियो ।
भोक र ज्वरोका कारण समयमा नै अस्पताल नलग्दा उनको सीमानाका जटहीको सडकमा नै मृत्यु भएको थियो । मृतकको शव परिवारजनलाई जिम्मा लगाउने प्रमुख जिल्ला अधिकारी निरौलाले जानकारी दिनुभयो ।