प्रेस काउन्सिललाई टेरेन एभीन्यूजले, स्पष्टिकरण नदिएपछी कटियो ताकेता पत्र

५ years अगाडी teraibulletin

प्रेस काउन्सिललाई टेरेन एभीन्यूजले, स्पष्टिकरण नदिएपछी कटियो ताकेता पत्र

तराइ खबर समाचारदाता- सिरहा, एभीन्यूज टिभीको नाममा प्रेस काउन्सिल नेपालले ताकेता पत्र काटेको छ ।

एभीन्यूजले झा ब्रदर्स मिडिया हाउस सिरहाको बारे सम्प्रेषण गरेको सामाग्रीको बारेमा तीन दिनको अवधिमा स्पष्टिकरण नबुझाएपछि काउन्सिलले ताकेता पत्र काटेको हो ।

एभीन्यूज टेलिभिजनले झा ब्रदर्स मिडिया हाउसको बारेमा प्रशारण गरेको तथ्यहिन समाचारबारे प्रेस काउन्सिल नेपालले माग गरेको स्पष्टिकरणको समय सीमा समाप्त भएपछि काउन्सिलले पुनः ताकेता गरेको हो । झा ब्रदर्स मिडिया हाउसद्धारा सञ्चालित रेडियो मुस्कानका सञ्चालक शितल झाले एभीन्यूज टिभीले भ्रामक र तथ्यहिन समाचार प्रशारण गरेर मानहानी गरेको भन्दै कारवाहीको माग गर्दै प्रेस काउन्सिल नेपालमा उजुरी दिएका थिए ।

त्यसलगत्तै काउन्सिलले गत ९ गते एभीन्यूजसँग तीन दिनभित्र स्पष्टिकरण मागेको थियो । तर, एभीन्यूजले हालसम्म स्पष्टिकरण दिएको छैन । ताकेता पत्रमा भनिएको छ, ‘यस काउलन्सिलबाट यहाँ तहाँ प्रेषित चलानी नं. ११०६ मिति २०७७/०२/०९ गतेको पत्रमा जवाफ हालसम्म प्राप्त नभएकोले अविलम्ब जवाफ पेश गर्न ताकेता गरिएको छ ।’

गत बैशाख २६ गते झा ब्रदर्स मिडिया हाउसद्धारा सञ्चालित रेडियो मुस्कानको लागि आवश्यक उपकरण ल्याउन प्रेस लेखिएको गाडीसहित काठमाडौं गइरहेको विषयलाई मानहानी हुने तरिकाले एभीन्यूजले रिपार्ट प्रशारण गरेको थियो ।

काठमाडौं जाने क्रममा काभ्रेपलाञ्चोकको सांगास्थित एभीन्यूजले गाडीमा प्रेससमेत लेखिएको भएपनि र सो गाडीमा सवार रहेका झा ब्रदर्सका अध्यक्ष सितल झाले रेडियोको लागि उपकरण ल्याउन गइरहेको बताउँदा समेत प्रेसको गाडीमा यात्रु ओसारपोसार गरिरहेको भनेर सामाग्री सम्प्रेषण गरेको थियो ।

लकडाउनमा सामाजिक दुरीलाई दुष्टिगत गर्दै उनीहरु चारजना मात्रै सवार भएर काठमाडौंका लागि हुइँकिएका थिए । लामो दुरी भएकाले दुई जना चालक र अध्यक्ष झासहित रेडियोका लेखा गाडीमा सवार थिए ।

गाडी सांगामा जाममा परेपछि स्थलगत रिपोर्टिंगमा रहेका एभीन्यूजका केदार कोइरालाले यात्रु ओसारपोसार गरिरहेको भनी भिडियो लिएको र प्रेस प्रमाणपत्र देखाउँदासमेत भ्रामक रिपोर्ट प्रशारण गरेको झाले बताए ।

सबै प्रमाण देखाउँदासमेत एभीन्यूजले टिआरपीकै लागि जबर्जस्ती मानहानी गरेको झाको आरोप छ । गलत र भ्रामक रिपोर्ट प्रशारण गरेर आफ्नो मिडिया हाउसको लोकप्रियतामा गम्भीर अवरोध पुर्याएको उनको गुनासो छ ।

अध्यक्ष झाले भने, ‘काउन्सिलको कदमले हाम्रो घाउमा मल्हम जस्तो भएपनि एभीन्यूजले गरेको गलतीको सजाय भने ‘स्पष्टिकरण’ले मात्रै पुग्दैन, जबसम्म कानुन बमोजिम कारवाही गरिन्न, तबसम्म पित्त पत्रकारित गर्नेहरु भयभित हुँदैनन् । प्रेस काउन्सिलले कारवाही नगरे अर्को विकल्पमा जान्छु, तर छोड्दिन ।’

यो घटनाले काठमाडौंको मिडियाले मोफसललाई मिडिया नै नगन्ने प्रवृति नांगिएको छ ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?