काठमाडौं । सुदूरपश्चिम प्रदेशका विभिन्न नाकाहरूबाट नेपाल भित्रिनेको सङ्ख्या दिन प्रतिदिन बढ्दैछ । भारतका विभिन्न शहरबाट शुक्रबार सुदूरपश्चिम प्रदेशको विभिन्न नाका भएर सात हजार ४११ नेपाली भित्रिएका छन् ।
कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी, बैतडीको झुलाघाट नाकाबाट उनीहरू नेपाल भित्रिएका हुन् ।
सशस्त्र प्रहरी बल नम्बर ७ वैद्यनाथ बाहिनी अत्तरियाका अनुसार कैलालीको गौरीफन्टा नाकाबाट चार हजार ३५०, कञ्चनपुरको गड्डा चौकी नाकाबाट दुई हजार ७७८ र बैतडीको झुलाघाट नाकाबाट २८३ जना नेपाली शुक्रबार नेपाल भित्रिएका हुन् । यो खबर आजको गोरखारपत्र दैनिकमा छापिएको छ ।