काठमाडौं । कोभिड– १९ को सङ्क्रमण आज एकै दिन १८९ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १८९ जनामा सङ्क्रमण देखिएको बताउनुभयो । ती सङ्क्रमितमध्ये पुरुष १८५ र महिला चार रहेका छन् ।