थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु , मृत्यु हुनेको संख्या ७ पुग्यो

५ years अगाडी teraibulletin

थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु , मृत्यु हुनेको संख्या ७ पुग्यो

दैलेख । दुल्लु नगरपालिकास्थित नेपाल विद्युत प्राधिकरणको क्वारेन्टाइनमा शनिबार मृत्यु भएका ३५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । शनिबार स्वाबको रिपोर्ट पोजिटिभ आएको कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले बताए ।

१० दिनअघि भारतको गुजरातबाट आएका उनी शनिबार बिहान एक्कासी बेहोस भएका थिए । उनी ढलेको ४ घण्टापछि मात्र स्वास्थ्यकर्मीको टोली क्वारेन्टाइनमा पुगेको थियो । त्यतिबेलासम्म उनको मृत्यु भइसकेको थियो । बिहीबार ती व्यक्तिको स्वाबको नमुना निकालेर परीक्षणको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाइएको थियो ।

रिपोर्ट पोजिटिभ आएसँगै उक्त क्वारेन्टाइनमा बसेका अन्य व्यक्तिहरु भने त्रसित भएका छन् । दुल्लुस्थित नेपाल विद्युत् प्राधिकरणको क्वारेन्टाइनमा अहिले ७९ जना बसिरहेका छन् ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?