काठमाडौँ —मन्त्रिपरिषदको शनिबार साँझ प्रधानमन्त्री निवास वालुवाटारमा बसेको वैठकले कोभिड १९ नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिको सुझावमा लकडाउन लम्ब्याउने निर्णय गर्दै अन्र्तराष्ट्रिय सीमानाका र विमानस्थलहरु असार १३ गतेसम्म नखोल्ने निर्णय गरेको छ ।
बैठकले विदेशमा अलपत्र परेका नेपालीहरुलाई स्वदेश फर्काउने कार्ययोजना पनि स्वीकृत गरेको छ । यस अघि शुक्रबार कोभिड १९ नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिले विदेशमा अलपत्र नेपालीलाई ल्याउने कार्ययोजना तयार पारेको थियो ।
सरकारले चैत ११ गतेदेखि गरेको लकडाउन जेठ २० गते समाप्त हुँदै थियो । पछिल्लो समय कोरोना संक्रमितको संख्या बढेपछि सरकारले लकडाउन थप्ने निर्णय गरेको हो ।