पर्सामा थपिए पाँच जना कोरोना संक्रमित, सबै भारतबाट आएका

५ years अगाडी teraibulletin

पर्सामा थपिए पाँच जना कोरोना संक्रमित, सबै भारतबाट आएका

बीरगञ्ज । पर्सा जिल्लामा थप पाँच जना संक्रमित भेटिएका छन । अहिले साँझ ५ जना कोरोना भाइरस संक्रमितहरु पुष्टी भएको प्रदेश सरकारको मिडिया ब्रिफिङ्ग सेन्टरले जनाएको छ ।

पटेर्वा सुगौलीका गाँउपालिको वडा नम्बर १, २, ४ र ५ का २२ वर्षका २ पुरुष, २५ वर्षका १ पुरुष र १ महिला तथा ३६ वर्षका १ पुरुष गरी ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

१० दिन पहिले भारतको महाराष्ट्र, गुजरात र दिल्लीबाट फर्किएका उनीहरुलाइ पटेर्वा सुगौली गाँउपालिकाको निचुटा स्थित विद्यालयको क्वारेन्टाइनमा राखिएको छ । योसंगै पर्सामा संक्रमितको संख्या १ सय ५ पुगेको छ ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतका अनुसार, पीसीआर जाँचका लागि पर्सामा अहिलेसम्म ३ हजार ६ सय ३० जनाको स्वाब संकलन गरिसकिएको छ। त्यो मध्ये शनिबार साँझ सम्म ३ हजार ४ सय १० जनाको रिपोर्ट आएको छ। जसमा १ सय ५ जनाको रिपोर्ट पोजिटिभ आएको सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले जानकारी दिनुभयो ।

पीसीआर जाँचका लागि संकलन गरिएको स्वाब मध्ये अब २ सय २० को रिपोर्ट आउन बाँकी रहेको पनि बस्नेतले जानकारी दिनुभयो ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?