भारतबाट आएका एक बालकको क्वारेन्टाइनमा मृत्यु

५ years अगाडी teraibulletin

भारतबाट आएका एक बालकको क्वारेन्टाइनमा मृत्यु

काठमाडौं । डडेलधुरामा भारतबाट आएका एक बालकको क्वारेन्टाइनमा मृत्यु भएको छ। डडेल्धुरा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएका नवदुर्गा गाउँपालिका ३ का ६ वर्षीय बालकको शनिबार राति मृत्यु भएको हो।

ती बालक आमाबुबासँगै शनिबार नै गौरीफन्टा नाका भएर भारतबाट आएका थिए। राति बालक अचानक बिरामी भएपछि अस्पताल लैजाँदा डाक्टरले मृत घोषणा गरेको डडेल्धुरा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो ।

कोरोना परीक्षणका लागि बालकको स्वाब संकलन गरी कैलाली प्रयोगशालामा पठाइने डडेलधुरा अस्पतालले जनाएको छ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?