काठमाडौं । सल्यानमा २५ जनामा कोरोना पोजेटिभ देखिएको छ । कर्णाली प्रदेश अस्पतालको पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा भएको पिसिआर परीक्षणमा जिल्लाका २५ जनामा कोरोना पोजेटिभ देखिएको कर्णाली प्रदेशको समाजिक विकास मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमितहरू मध्ये वनगाड कुपिण्डे १, २, ३, ४, ६ र ७ नम्वर वडाका रहेका छन् । उनिहरू सवै पुरूष हुन भने सवैको स्वास्थ्य अवस्था सामान्य छ । उनीहरू सवै भारतबाट आएका हुन ।
भारतबाट आएर बनगाड क्याम्पस र प्रभाकर मावी देवस्थलको क्वारेन्टाइनमा रहेका मध्ये ३ सय ९३ जनाको पिसिआर जाँचको लागी स्वाव संकलन गरीएकोमा २५ जनामा कोरोना संक्रमण देखिएको हो ।
संक्रमितहरु मध्य १० जनालाई जिल्ला अस्पताल सल्यान र १५ जनालाई सुर्खेत पठाउने तयारी भैरहेको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारी दिनुभयो । यो सहित कर्णाली प्रदेशमा कोरोना संक्रमितहरुको संख्या १०५ पुगेको छ ।