प्रतिनिधिसभामा पेश गरियो संविधान संशोधन विधेयक

५ years अगाडी teraibulletin

प्रतिनिधिसभामा पेश गरियो संविधान संशोधन विधेयक

काठमाडौँ — संविधान संशोधन विधेयक संसदमा पेश भएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ प्रतिनिधिसभामा पेस गरेकी हुन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा संविधान संशोधन विधेयक पेश गर्न अनुमति माग्ने प्रस्ताव निर्विरोध पास भएपछि मन्त्री तुम्बाहाङ्फेले संविधान संशोधन विधेयक पेस गरेकी हुन् । कुनै पनि सांसदले उक्त प्रस्तावमा विरोधको सूचना राखेका थिएनन् ।

संविधानको अनुसूची ३ मा रहेको नेपालको निशान छापमा उल्लेख भएको नक्सा नेपालको परिमार्जित वास्तविक नक्साअनुरुप बनाउनुपर्ने भएकाले संविधान संशोधन विधेयक ल्याएको मन्त्री तुम्बाहाङ्फेले संसदमा बताइन् ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?