पर्सा १८ जेठ-कोरोना भाइरसबाट बाच्नको लागी सरकारले गरेको लकडाउनको आज ६९ औ दिन पूरा भएको छ l यस अवधिमा बिभिन्न कामकाज बन्द भएको छ,लकडाउनको प्रभावले धेरै जना प्रभाबित समेत भएका छन l
तर लागूऔषधको तस्करहरु यो समयमा मौक़ा छोपी तस्करी गर्नमा ब्यस्त भएका छन lदेश लकडाउनमा रहे पनि लागुऔषधको ओसारपसारमा कमी नआएको पछिल्ला घटनाहरुले देखाएका छन् ।लकडाउन अवधिमा प्रदेश २ मा १४१ जना १२३ किलो ५ सय ग्राम गाँजा, एक किलो ६५० ग्राम चरेस र ९ हजार ६१५ पिस ट्याब्लेटसहित पक्राउ परेका प्रदेश दुई प्रहरी कार्यालयले जनाएको छ ।
भारतसँगको खुला सीमाका कारण दिनहुँ लागुऔषध ओसारपसार हुने गर्छ तर अहिले कोरोना भाइरसको कारण देश लकडाउन रहेको समयमा समेत यसमा कमि आएको छैन ।प्रदेश २ का आठ जिल्लाबाट १४१ जना लकडाउन अवधिमा पक्राउ परेको २ नम्बर प्रदेश प्रहरी जनकपुरका प्रवक्ता प्रहरी उपरीक्षक जयराज सापकोटाले जानकारी दिएका छन ।
उनका अनुसार पक्राउ पर्नेमा सबै भन्दा बढी सिरहाका रहेका छन् । सिरहामा २५ वटा मुद्दा दर्ता भएकोमा यहाँ ३८ जना दुई किलो ३५० ग्राम गाँजा र ८८४ पिस ट्याब्लेटसहित पक्राउ परेका हुन् ।सीमानाकामा दुबै देशका प्रहरी अधिकारीको बाक्लो उपस्तिथि रहेको समयमा पनी लागूऔषधको तस्करी नरोकिनु आश्चार्यजनक भएको नागरिक समाजका अगुवाहरूले टिपण्णी गरेका छन l
अन्तिम अपडेट २०७७ साल /जेठ १८ गते –आइताबार