आइसोलेसनमा मृत्यु भएकी २ वर्षीया बालिकालाई कोरोना पुष्टि

५ years अगाडी teraibulletin

आइसोलेसनमा मृत्यु भएकी २ वर्षीया बालिकालाई कोरोना पुष्टि

काठमाडौं । बाजुरा जिल्ला अस्पतालको आइसोलेसनमा आइतबार मृत्यु भएकी बालिकामा कोरोना संक्रमण पोजिटिभ देखिएको छ । उनको सेती प्रादेशिक प्रयोगशालामा स्वाब परीक्षण गर्दा उनमा कोरोना संक्रमण देखिएको हो । सुदूरपश्चिम प्रदेशमा कोरानाबाट ज्यान गएको यो पहिलो घटना हो ।

मृतक बालिकाकी २३ वर्षीया आमामा पनि कोरोना पुष्टि भएको छ । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रसिंह कार्कीले मृतक बालिका र आमामा कोरोना पोजिटिभ देखिएको पुष्टि गरे

तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?