नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ८ पुग्यो:स्डावास्थ्य मन्त्रालयका प्रवक्ता डा.देवकोटा

५ years अगाडी teraibulletin

नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ८ पुग्यो:स्डावास्थ्य मन्त्रालयका प्रवक्ता डा.देवकोटा

काठमाडौं १८ जेठ –नेपालमा कोरोना भाइरस अर्थात (कोभिड -१९) बाट मर्नेको संख्या ८ पुगेको छ lस्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाका अनुसार हिजो(शनिबार)  दैलेखका ३५ वर्षीय पुरुष र आज (आइतबार) बाजुरामा दुई वर्षीया बालिकाको कोरोनाकै कारण ज्यान गएको पुष्टि भएको हो l

दैलेखको दुल्लु नगरापालिका ११ घर भएका ३५ वर्षीय पुरुषको हिजो (शनिबार)ज्यान गएको थियो । यसैगरी गैराती (शनिबार) करिब २ बजे बाजुरामा दुई वर्षीया बालिकाको मृत्यु भएको थियो ।

बुढीगंगा नगरपालिका–१ घर भएकी २ वर्षीया बालिकाको कोरोना भाइरसको कारण मृत्यु भएको प्रवक्ता देवकोटाले आज नियमित मिडिया ब्रीफिंगको क्रममा पुष्टि गरेका छन ।८ दिनअघि उनको परिवार भारतबाट आएको थियो ।

अन्तिम अपडेट २०७७ साल /जेठ १८ गते –आइतबार  

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?