मध्य रातिमा बांकेमा भएको सवारी दुर्घटनामा परी अहिले सम्म १२ जनाको ज्यान गयो:उदारको कार्य जारी

५ years अगाडी teraibulletin

मध्य रातिमा बांकेमा भएको सवारी दुर्घटनामा परी अहिले सम्म १२ जनाको ज्यान गयो:उदारको कार्य जारी

नेपालगञ्ज १९ जेठ –बाकेमा मध्य रातमाँ भएको सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । उपचारको क्रममा सोमबार बिहान थप एकजनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या १२ पुगेको हो ।आइतबार मध्यरातमा भएको दुर्घटनामा ११ जनाको घटनास्थलमै ज्यान गएको थियो ।

नेपालगञ्जको भेरी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. प्रकाश थापाका अनुसार एघार पुरुष र एक महिलाको मृत्यु भएको हो ।घाइते २० जना पुरुष र एक महिलाको भेरी अस्पतालमै उपचार भइरहेको छ । घाइते मध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ ।

दुर्घटनामा परेकाहरु भारतका विभिन्न शहरबाट आएका थिए । नेपालगञ्ज नाकाबाट उद्धार गरेर उनीहरुलाई सल्यान पठाईँदै थियो । ना ५ ख ५९९५ नम्बरको हाइस गाडीमा ३३ जना सल्यानतर्फ जाँदै थिए । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको ठुरिया जंगलमा रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा आइतबार राति सवा १२ बजे हाइस दुर्घटनामा परेको हो । मृतक १२ जनाकै शव भेरी अस्पतालमा रहेको छ । बाँके प्रहरीले मृतकको सनाखत गर्दैछ ।

अन्तिम अपडेट २०७७ साल /जेठ १९ गते –सोमबार  

 

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?