मेलम्चीको सुरुङको काम सकियो, परीक्षणको तयारी

५ years अगाडी teraibulletin

मेलम्चीको सुरुङको  काम सकियो, परीक्षणको तयारी

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङ फिनिसिङको काम सकिएको छ । अब सुरुङको परीक्षण गर्ने तयारी भइरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । हेडवक्र्सको काम भने भइरहेको छ ।

समितिका अनुसार हेडवक्र्सको सम्झौता अवधि अझै आठ महिना बाँकी छ । कोरोना भाइरसका कारण भइरहेको बन्दाबन्दीमा आयोजना प्रभावित भए पनि काम नरोकिएको समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिए ।

निर्माण सम्झौता अवधिभित्रै काम सम्पन्न हुने पन्तको भनाइ छ । सरकारले आर्थिक वर्ष २०७७\७८ को वार्षिक बजेट मार्फत मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्य चालू आर्थिक वर्षभित्र सम्पन्न गरी आगामी आर्थिक वर्षको सुरुमै काठमाडौँ उपत्यकामा पानी वितरण गर्ने जनाएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?