बाँके १९ जेठ –गैराती मध्य रात १२:०० बजे भएको बाँकेमा भएको सवारी दुर्घटनामा पारी घाइते भएका सबै जनाको परिचय खुलेको छ lबाँके प्रहरीका अनुसार घाइते मध्ये सल्यानका धेरै छन्। घाइते हुनेमा सल्यान जिल्लाका शारदा नगरपालिका ६ का टीका चलाउने, बनगाड कुपिण्डे नगरपालिकाका मिनराज बिक, सिद्धकुमाख गाउँपालिका–५ का तेज ब. बुढाथोकी, निमबहादुर बादी, देबेन्द्र बुढाथोकी, ज्ञान बहादुर बोहरा र र धनबहादुर बोहरा रहेको रहेको बाँके प्रहरीले जनाएको छ।
सिद्धकुमाख ४ का लोकेश घर्ती, सल्यानकै दिपबहादुर बुढा, शिव भण्डारी, यस्तै दाङका मेघराज केसी, दाङ तुल्सीपुरका विष्णु गिरी र रुपलाल केसी, दाङको राजपुर गाउँपालिका ६ का दिपेश चौधरी, सोही गाउँपालिका वडा २ का जीवन घर्ती र भरत थापा रहेका छन्।
यस्तै रोल्पाको त्रिबेणी गाउँपालिकाका ७ का सुनिल परियार, वीरेन्द्र परियार, पुरन परियार, छन्। रोल्पाका नर बहादुर बिक, दिलबहादुर. बिक रहेको भेरी अस्पतालले जनाएको छ। घाइते सबैको बाँकेको कोहलपुरमा रहेको भेरी अस्पतालमा उपचार भइरहेको छ।
हिजो(आइतवार) साझ भारतबाट नेपालगंज आउदै गरेका ३५ जना सवार मिनी बीएस दुर्घटना हुदा घटना स्थालमा ११ र उपचारको क्रममा एक गरी १२ जनाको ज्यान गईसकेको छ l मृतक कसैको अहिले समा परिचय खुलेको छैन l सनाख गर्नको लागी स्थानीय अधिकारीले लागेका बताइएको छ l
अन्तिम अपडेट २०७७ साल /जेठ १९ गते –सोमबार